
काठमाडौं । मदिरा उत्पादन कम्पनी हिमालयन डिस्टिलरी राष्ट्रिय प्रतिवेदन २०२३ पुरस्कारबाट सम्मानित भएको छ । इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट अफ नेपाल (आइक्यान)को १०औँ वार्षिक परिषद्को समारोहमा हिमालयन डिस्टिलरीलाई उक्त सम्मान प्रदान गरिएको हो ।
उत्कृष्ट सञ्चालन र पारदर्शी व्यापार अभ्यास गर्दै आएको कम्पनीलाई आफ्ना प्रयासमा पुरस्कारबाट अझै हौसला मिलेको कम्पनीले जनाएको छ । साथै आगामी दिनमा कर्पाेरेट सुशासन र वित्तीय अखण्डताको उच्चतम मापदण्ड कायम गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ ।
उत्पादन क्षेत्रमा राष्ट्रिय प्रतिवेदन पुरस्कारको सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मानित हिमालयन डिस्टिलरीले आफ्ना वितरक, कर्मचारी, व्यवस्थापन, सेयरधनीसहित सम्पूर्णको निरन्तर सहयोग र साझेदारीका लागि आभार व्यक्त गरेको छ । उत्कृष्ट वार्षिक प्रतिवेदनलाई प्रतिस्पर्धाका लागि साउथ एसियन फेडरेसन अफ अकाउन्टेन्ट्स (साफा)मा पठाइने भएकाले नेपालको प्रतिनिधित्व गर्दै सुशासनमा प्रतिस्पर्धाका निम्ति हौसला प्राप्त भएको कम्पनीको भनाइ छ ।
सन् १९८५ मा स्थापना भएको हिमालयन डिस्टिलरी मुलुकको अग्रणी मदिरा उत्पादक हो । हिमालयनले गोल्डेन ओक, ब्लाक ओक, सिल्भर ओकलगायतका मदिरा उत्पादन गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच