
पोखरा । साहित्यकार गोपाल वैद्यको निधन भएको छ । कास्कीको पोखरा महानगरपालिका-१, भैरवटोल निवासी एक सय चार वर्षीय साहित्यकार गोपाल वैद्यको सोमबार राति निधन भएको हो । आयुर्वेदका ज्ञातासमेत रहनुभएका उहाँ ‘किञ्जल्क’ नामबाट नेपाली र संस्कृत साहित्य लेख्नुहुन्थ्यो ।
सेती नदी किनार रामघाटमा मंगलबार वैद्यको अन्तिम दाहसंस्कार गरिएको छ । उहाँले औषधि विज्ञानमा स्नातक गर्नुभएको थियो । उहाँले लेखेका पुस्तकलाई नेपाल संस्कृत विश्वविद्यालयले पाठ्यक्रममा राखेको छ । राजनीतिमा रुचि नराखे पनि उहाँ २००७ सालको क्रान्तिताका बागलुङ जनसरकारमा स्वास्थ्यमन्त्री बन्नुभएको थियो ।
२००७ सालको क्रान्तिमा बागलुङमा ओमप्रसाद गौचनको नेतृत्वमा जनसरकार बनेको थियो । उहाँका प्रमुख कृतिहरूमा ‘सूक्ति-मुक्ताहरू, हिमाद्रि-महिमा पद्याद्रमृतम्’ जस्ता छन् । उहाँलाई गतवर्ष लेखनाथ सावित्री पुरस्कार र दैवज्ञयराज न्यौपाने साहित्य पुरस्कार अर्पण गरिएको थियो । विसं १९७७ वैशाखमा जन्मिनुभएका वैद्यका श्रीमती, चार छोरी र छोरा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच