काठमाडौं । केपी शर्मा ओलीको प्रधानमन्त्रीमा भएको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटलाई सर्वोच्चले संवैधानिक इजलासबाट सुनुवाइ गर्नुपर्ने आदेश गरको छ । एमाले अध्यक्ष ओलीलाई संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपतिको कदमविरुद्ध परेको रिट निवेदनको टुंगो संवैधानिक इजलासबाट गरिनुपर्ने सर्वोच्चले आदेश गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्ने रिटको टुंगो संवैधानिक इजलासबाट गर्नुपर्ने आदेश गरेको हो । न्यायाधीश ढकालको इजलासले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र त्यसविरुद्ध परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको अवस्था रहेको उल्लेख गरेको छ ।
‘प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित रहेको र सोको निरूपण संवैधानिक इजलासबाट हुनुपर्ने प्रकृतिको देखिँदा’ भन्दै उक्त रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश गरिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements