काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दललाई समेटेर संविधान संशोधन गर्दै विद्यमान जटिलता हटाउन वर्तमान सत्ता साझेदार दलहरू प्रतिबद्ध रहेको बताउनु भएको छ ।
प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा सहभागी हुँदै सभापति देउवाले यस्तो बताउनु भएको हो।
‘संविधान प्रारम्भ भएको आठ वर्ष पूरा भएको छ,’ सभापति देउवाले भन्नुभयो,‘यसको सबल पक्ष, दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक संशोधन गर्दा लोकतन्त्रको सुन्दर पक्ष छ।’
दुई ठूला दल मिलेर बनेको सरकारले देशमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘संविधान प्रारम्भ भएको आठ वर्ष पूरा भएको छ। त्यसको सबल र दुर्बल पक्षको समीक्षा गरेर संविधान संशोधन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास हो। संविधान संशोधन गर्न संघीय लोकतान्त्रिक गणतन्त्रका व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts