
सर्लाही । सर्लाहीमा यो वर्ष चैते धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र सर्लाहीले जिल्लामा यस वर्ष चैते धानको खेती बढेको र उत्पादन पनि वृद्धि भएको जनाएको हो ।
कार्यालयका प्रमुख देवानन्द रायले जिल्लाभर नै चैते धानको उत्पादन राम्रो देखिएको बताउनुभयो । यादवले भन्नुभयो, “यो वर्ष जिल्लाको सबैभेगमा चैते धान राम्रो फलेको छ ।” सर्लाहीमा २० वटै पालिकामा चैते धान खेती हुने गरेको छ ।
चैते धान रोप्ने बित्तिकै खडेरीले केही समय प्रभाव पारेपनि त्यसपछि भने वर्षाले साथ दिँदा धान राम्रो फलेको किसानले बताएका छन् । खेती विस्तार भएकै साल उत्पादन बढेपछि किसान हौसिएका छन् ।
लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले यसपाली चैते धानमा रोग, कीराको प्रकोप नदेखिएकाले उत्पादन वृद्धि भएको जानकारी दिनुभयो । “चैते धानमा रोग, कीरा नै देखिएन, त्यसैले पनि उत्पादन राम्रो भएको छ,” पौडेलले भन्नुभयो ।
लालबन्दी नगरपालिकाभित्र अब केही किसानले मात्रै चैते धान भित्र्याउन बाँकी रहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । शाखा प्रमुख पौडेलले धान उत्पादन बढाउने लक्ष्य लिएको सरकारले चैते धानतर्फ किसानलाई आकर्षित गर्न ध्यान दिए लक्ष्य पूरा गर्न ठूलो मद्धत पुग्ने बताउनुभएको छ । जिल्लाका किसानले चैते धान भित्र्याउने बित्तिकै वर्षे धान रोप्ने गरेका छन् ।
सिँचाई सुविधा भएको ठाउँमा गरिने चैते धान यस वर्ष जिल्लाभर नै राम्रो फलेको र खेती पनि सफल भएको भन्दै कृषि प्राविधिकले चैते धान प्रवद्र्धन गर्न कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच