काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन आफूहरुले साथ दिने बताउनु भएको छ ।
आज डा.मुक्ति रिजालले लेखेको ‘बाबुरामः अ भिजिनरी रिवेल’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले साथ दिएपनि विगतमा उठाएका मुद्दामा उत्तिकै खह्रो उत्रिने बताउनु भयो ।
कांग्रेसले विगतमा गिरीबन्धु टि स्टेटको जग्गा प्रकरणमा एमाले अध्यक्ष ओलीको संलग्नता रहेको विषय उठाइरहेको थियो । सोही विषयतर्फ लक्षित गर्दै महामन्त्री शर्माले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘ओली सरकारलाई सफल बनाउँन हामीले साथ दिन्छौं। हामी उभिएर विश्वासको मत दिएका छौं त्यसकारण तपाईको बारेमा हामीले उठाएका सबै मुद्दा थान्को लगाउँछौं भन्ने विल्कुल होइन। उहाँहरुको सन्दर्भमा सरकारले गर्ने कमजोरीमा मौन बस्छौं त्यो पनि होइन।’
दुईवटा ठूला दल मिलेर सरकार बनाउँदा प्रतिपक्षीय स्वर कमजोर हुन्छ कि भनेर आम बौद्धिक क्षेत्रमा चिन्ता बढिरहेको उहाँले बताउनु भयो । महामन्त्री शर्माले अब नेकपा (माओवादी केन्द्र) रास्वपा खह्रो ढङ्गले नै प्रतिपक्ष बन्ने बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts