काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको मौद्रिक नीति रोकिएको छ । तयारी नपुगेको भन्दै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्न नसकेपछि मौद्रिक नीति रोकिएको बताइएको छ । बिहीबार गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिबारे अर्थमन्त्री विष्णु पौडेललाई ब्रिफिङ गर्नुभएको थियो तर मन्त्री पौडेलले नयाँ अर्थसचिव आएपछिमात्रै मौद्रिक नीति ल्याउन गभर्नरलाई सुझाव दिएकाले अब अर्को सातामात्रै मौद्रिक नीति आउने राष्ट्र बैंक स्रोतले जनाएको छ । तर, कतिपयले प्रधानमन्त्रीका नवनियुक्त आर्थिक सल्लाहकार डा. युवराज खतिवडाको हस्तक्षेपका कारण मौद्रिक नीति रोकिएको दाबी गरेका छन् । पूर्वगभर्नरसमेत रहनुभएका खतिवडालाई पनि गभर्नर अधिकारीले शुक्रबार मौद्रिक नीतिबारे ब्रिफिङ गर्नुभएको बताइएको छ ।
राष्ट्र बैंक र सरकार दुवै अर्थतन्त्र चलायमान बनाउने अभियानमा रहेकाले मौद्रिक नीतिमा खासै ठूलो फेरबदल गर्नुपर्ने अवस्था नरहेको केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् । अर्थमन्त्री विष्णु पौडेलले पनि गभर्नर अधिकारीले राम्रै मौद्रिक नीति ल्याउने भन्दै कुनै हस्तक्षेप गर्न नहुने बताउँदै आउनुभएको छ । अर्थमन्त्रीको पदभार ग्रहण गर्दै उहाँले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र आफ्नो ट्युनिङ मिल्ने बताउनुभएको थियो । सो अवसरमा अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘राष्ट्र बैंकसँग ट्युनिङ मिल्छ भनेर मिडियाले भन्छन्, त्यो ठीकै हो, हाम्रो राम्रै ट्युनिङ मिल्छ, राम्रो काम गर्नेको मिल्छ त ∕, राम्रो कामका लागि गभर्नर र अर्थमन्त्री मिल्नु पनि पर्छ, हामी मिलेर काम गर्छाैं ।’
अर्थमन्त्री र गभर्नरबीच राम्रो समन्वय हुनेबित्तिकै बजारमा सकारात्मक सन्देश जाने पनि उहाँको भनाइ थियो । यसअघि पौडेल अर्थमन्त्री बन्नुभएका बेला पनि अधिकारी-पौडेलबीच राम्रो तालमेल देखिएको थियो । तर, माओवादीबाट अर्थमन्त्री बन्नुभएका जनार्दन शर्मासँग भने गभर्नर अधिकारीको तालमेल देखिएको थिएन । शर्माले औपचारिक कार्यक्रमहरूमै गभर्नर अधिकारीको चर्को आलोचना गर्दै आउनुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा