
काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’को गीत ‘उडायो मन’ सार्वजनिक गरिएको छ । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको प्रमुख भूमिका रहेको यो चलचित्रको नयाँ गीत सार्वजनिक गरिएको हो । ‘उडायो मन’मा इन्द्रकला राईको स्वर रहेको छ भने जयन जे. वाइबाको शब्द रचना तथा संगीत छ । गीतमा केही अन्तरा थारु भाषामा पनि छ ।
शेखर घर्ती मगरको कोरियोग्राफीमा तयार भएको गीतमा स्वस्तिमासहित अर्की अभिनेत्री सिम्रन खड्कालाई प्रस्तुत गरिएको छ । गीतको केही अंशमा स्वस्तिमाले निश्चललाई सम्झिएको देख्न सकिन्छ । र, निश्चल आउने दिनको पर्खाईा उहाँ उत्साहित हुँदै रमाउनुभएको छ ।
साजन काफ्ले र आकाश बरालको संयुक्त लेखन एवं निर्देशन रहेको यो चलचित्रमा स्वस्तिमा, निश्चल र सिम्रनसहित विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल, लोकेन्द्र लेखक, सिरु विष्ट, अमिर गौतम, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मीलगायतको पनि अभिनय छ । निश्चल र स्वस्तिमा दम्पती आफैं निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का हुनुहुन्छ ।
चलचित्र नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी तथा जयन जे वाइबा र कुशल पोखरेलको संगीत छ । चलचित्रको यसअघि ‘बिहे गर्ने कि नगर्ने ?’ बोलको प्रमोसनल गीत सार्वजनिक गरिएको थियो । जसमा दीपाश्री निरौलादेखि प्रदीप खड्कालगायतका अविवाहित कलाकार हुनुहुन्छ । चलचित्रले विवाहको कथा उठाएको छ । चलचित्र आगामी असोज १७ गते (घटस्थापना) देखि सिनेमाघरमा ल्याउने निर्माण पक्षको तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच