काठमाडौं । नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले १५ औं महाधिवेशन सभापतिमा शेखर कोइरालालाई समर्थन घोषणा गर्नुभएको छ ।
उहाँले काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर शेखरलाई सघाउने घोषणा गर्नुभएको हो । उहाँले शेखरलाई शशांक कोइरालाले पनि समर्थन गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, हामी एकजुट हुनै पर्छ। हाम्रो बुबा र हजुरबुबाहरुले देख्नुभएको सपनालाई पूरा गर्नेपर्छ। त्यसका लागि शेखर दाईले लिडरसिप लिनुभएको छ।’

उहाँले शेखर र शशांकसँग आफ्नो कुनै विवाद नभएको दाबी गर्दै एकजुट भएर अघि बढ्ने समेत बताउनु भयो ।






