काठमाडौं । नयाँ सरकार गठनसँगै सेयर बजारले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । बिहीबार सेयर बजार बढेर २४ सय अंकभन्दा माथि पुगेको छ । यसअघि २०७८ चैत महिनामा नेप्से २४ सय अंकमा पुगेको थियो । यस दिन सेयर बजार ५९.६८ अंकले बढेर २४२४.३२ अंकमा पुगेको छ भने १५ अर्ब ५४ करोड ८८ लाख तीन सय ३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो दिन बुधबार १२ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो । तीन सय १२ कम्पनीका तीन करोड ९९ लाख ३८ हजार दुर्ई सय ३७ कित्ता सेयर एक लाख ८४ हजार सात सय १२ पटक खरिदबिक्री भएका हुन् । नेप्सेमा सूचीकृत १९ वटै वाणिज्य बैंकहरूको सेयरमूल्य बढेपछि बैंकिङ समूहको परिसूचक सर्वाधिक ६.२८ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
कारोबारमा आएका १३ मध्ये ११ वटा बढेको छ भने दुई समूहगत परिसूचक घटेको छ । जसमध्ये फाइनान्स १.२७ प्रतिशतले घटेको छ भने जलविद्युत् सामान्य घटेको छ । लघुवित्त, अन्य समूहको परिसूचक दुई प्रतिशतभन्दा बढी बढेको छ । विकास बैंक, होटल तथा पर्यटन, जीवन बिमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको परिसूचक एक प्रतिशतभन्दा धेरै बढेको छ ।
प्रतिकित्ता ९९७.८० पुगेको नेपाल फाइनान्सको ४२ करोड ४६ लाख तीन हजार रुपैयाँसहित कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ भने अपर तामाकोशी हाइड्रोपावर ३८ करोड ९१ लाख, ङादी ग्रुप पावर ३० करोड ३२ लाख, शाइन रेसुंगा डेभलपमेन्ट बैंक २७ करोड ९१ लाख, कुमारी बैंकको २३ करोड ९१ लाखको कारोबार भएको छ । पाँच कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत् कम्पनी, उपकार लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको सेयरमूल्यमा सर्किट लागेको हो ।
कुमारी बैंक ९.५३ प्रतिशत, प्रभु बैंक ९.५१ प्रतिशत, रिभर फल्स पावर ९.११ प्रतिशत, मेरो माइक्रोफाइनान्सको ८.५५ प्रतिशत र प्राइम कमर्सियल बैंकको ८.३७ प्रतिशतले सेयरमूल्य बढेको छ । कुमारी सबल योजनाको इकाईमूल्य कारोबारमा आएको कम्पनीमध्ये सबैभन्दा धेरै ५.७६ प्रतिशतले घटेको छ भने सिन्धु विकास बैंकको सेयरमूल्य ४.५७, गुहृयेश्वरी मर्चेन्ट ४.२२, ९.५ प्रतिशत, एनसिसी डिबेञ्चर २०८६ को ३.९३ र श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.९० प्रतिशतले घटेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता