काठमाडौं । आगामी शनिबार देशकै ठूलो साइकल यात्रा ‘कोरा २०२४’ को १४ औँ संस्करण आयोजना हुँदैछ, जहाँ करिब चार हजार साइकल यात्रीले नेपालको १५ भन्दा बढी स्थानमा दुई लाख किलोमिटरभन्दा बढी दूरी तय गर्ने आयोजकले जनाएको छ ।
हरेक वर्ष जस्तै यो वर्ष पनि साइकल यात्रीले सामाजिक कामका लागि रकम पनि संकलन गर्नेछन् । संकलित रकम ललितपुरको गुन्सिंगालमा रहेको साइकल पम्प ट्र्याक जस्तै नेपालगञ्जमा रहेको पम्प ट्र्याक सुधार गर्न प्रयोग गरिने बताइएको छ ।
सन् २०११ मा ३५ जनाबाट सुरु भएको काठमाडौ कोरा साइकल यात्रा हरेक वर्ष पाटनको मंगलबजारबाट सुरु भई काठमाडौं उपत्यकाको एक फन्को लगाएर पाटनकै नागबाहालमा अन्त हुने गर्छ ।
साइकल यात्रीले सो क्रममा आफ्नो इच्छाअनुसार ५० किलोमिटर, ७५ किलोमिटर, सय किलोमिटर वा एक सय ४० किलोमिटरको यात्रा तय गर्नेछन् । हरेक वर्ष जुलाई महिनाको तेस्रो शनिबार आयोजना हुने कोरामा यस वर्ष ललितपुर महानगरपालिका पनि सहआयोजकका रूपमा सहभागी भएको छ ।
कोरा आयोजनाको मूल उद्देश्य देशभरि नै साइक्लिस्ट समुदाय विकास गरी साइकल संस्कृति प्रवद्र्धन गर्ने रहेको छ । जसका लागि सोसल टुर्स, साइकल सिटी नेटवर्क नेपाल, पांगोे, ललितपुर महानगरपालिका, युएसआइडी स्वच्छ हावा, अष्ट्रेलियन राजदूतावास, नबिल बैंक, टर्किस एयरलाइन्स, हिमालयन एभरेस्ट इन्स्युरेन्सलगायतले सहकार्य गरेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts