
काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनरमा ग्लोबल आइएमई बैंक भित्रिएको छ । नेपालमा २०२० देखि सुुरु भएको मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो ।
यस वर्षको मिस युनिभर्स नेपाल २०२४ को आवेदन छनोट प्रक्रिया सुरु भइसकेको छ भने ग्राण्ड फिनाले भदौ दोस्रो हप्ता हुने भएको छ । अडिसनमा नेपाली र एनआरएनको उत्साहजनक सहभागिता रहेको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले जनाएको छ । ग्लोबल ग्ल्यामर भेन्चरले यस वर्ष ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय महिला र डाक्टर, इञ्जिनियर, पाइलटलगायत विभिन्न पृष्ठभूमिका व्यक्तिको उत्साहजनक र समावेशी सहभागिता रहेको जनाएको छ । प्रारम्भिक छनोटमा ६० जनालाई फिजिकल अडिसनका लागि सर्टलिस्ट गरिएको र त्यसबाट ३५ जनालाई प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
सहकार्यबारे मिस युनिभर्स नेपालका नेसनल डिरेक्टर संगीता पुरीले भन्नुभयो, ‘ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौँ । यस सहकार्यले विविधता प्रवद्र्घन गर्ने हाम्रो प्रतिबद्धतालाई थप जोड मिलेको छ । यो साझेदारी प्रायोजनमात्र नभएर महिला सशक्तीकरणमा समर्पित दुर्ई संस्थाको सहकार्य हो ।’ बैंकका प्रमुख मार्केटिङ अफिसर दिलिप पोखरेलले भन्नुभयो, ‘मिस युनिभर्स नेपाल २०२४ सँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ ।
ग्लोबल आइएमई बैंक समाजको प्रगति र महिला सशक्तीकरण गर्ने पहललाई सदैव समर्थन गर्छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वस्थ नारी पहल, मेरी उनीलाई र छात्रालाई छात्रवृत्ति जस्ता कार्यक्रम गरेर महिलाको आर्थिक, शैक्षिकलगायत समग्र सशक्तीकरणमा पहल गर्दै आइरहेका छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच