काठमाडौं । रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी जिटी सिक्स टी नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ । टेक स्याभी र ट्रेन्ड सेटर पुस्तालाई ध्यानमा राखेर रियलमी जिटी सिक्स टीको डिजाइन गरिएको कम्पनीले जनाएको छ । कटिङ एज डिजाइन र रेभोल्युसनरी टेक्नोलोजीसाथ आउने रियलमी जिटी सिक्स टीले प्रयोगकर्ताको मन जित्ने कम्पनीको विश्वास रहेको छ ।
कम्पनीका अनुसार रियलमी जिटी सिक्स टीमा भएको सोनी ओआइएसको ५० एमपी क्यामेराले उत्कृष्ट फोटो तथा भिडियो लिन प्रयोगकर्तालाई सहज हुनेछ भने यसको एआई फ्रेम स्टेबिलाइजेसन टेक्नोलोजी २.० ले स्मुथ र क्लियर भिडियो लिन सक्छ ।
यसको क्यामरामा भएको फ्ल्यागसिप लेभलको हाइपर टोन इमेज इन्जिनले स्मार्टफोन फोटोग्राफीलाई नयाँँ उचाइ प्रदान गर्छ । रियलमी जिटी सिक्स टी नेपालभरका सबै आधिकारिक खुद्रा बिक्रेताहरूमा साउन ५ गते सम्म बुकिङ गर्न सकिनेछ ।
साथै सो अवधिभर ग्राहकले रियलमी जिटी सिक्स टी खरिदमा पाँच हजार चार सय ९९ रुपैयाँ पर्ने रियलमी बड्स टी ३०० प्राप्त गर्नेछन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता