
पाल्पा । साउन महिना सुरु भएसँगै युवती/ महिलाहरु हरियो चुरा, मेहन्दीमा सजिएको देख्न सकिन्छ । हिन्दु शास्त्रअनुसार साउन शिवभक्तिको महिना हो । यो महिनाभर हरियो/पहेँलो चुरा, सारी, मेहन्दी लगाएर महिलाहरू सोमबारको व्रत बस्ने चलन छ । स–साना नानीहरुदेखि अविवाहित युवतीहरुमा मेहन्दी र हरियो चुराको अहिले क्रेज नै बनेको छ ।
तानसेनकी मनिषा आलेले दुबै हातका पाखुराभरी हरिया चुरा लगाउनुुभएको छ । चुरा मात्रै होइन उहाँका दुबै हत्केलामा बुट्टेदार मेहन्दी पनि लगाएको देखिन्छ । आमा, दिदीहरुले गर्दै आएको परम्परालाई निरन्तरता दिन मेहन्दी र चुरा लगाएको आलेको भनाई छ । ‘हरियो रंग, प्रेम र वातावरणको प्रतिक मानिन्छ, हत्केलामा जति बढी गाढा मेहेन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ,’ खै साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्छन् ।’
उहाँले जस्तै बगनासकाली खानेगाउँकी नारायणी गाहाले पनि हातमा चुरा र मेहन्दी लगाउनुभएको छ । साउनमा हरियो लगाउने र सोमबार व्रत बस्ने चलनलाई आफुले पनि पछ्याएको उहाँले बताउनुभयो । गाहाले भन्नुभयो ‘यो लगाउँदा के हुन्छ भन्ने त थाहा छैन, साउन महिनाभरि सबैले लगाउने गरेको हुँदा मैले पनि लगाएँ ।’ माथागढी घर भई अध्ययनको लागि तानसेनमा कोठा भाडामा बस्दै आउनुभएकी रुपा रेस्मी तेस्रो सडकस्थित पोते पसलमा हरियो पोते रोज्दै हुनुहुन्थयो । साउन ५ गते उहाँको आमाको जन्मदिन परेको हँुदा आमालाई उपहार दिन पोतेको छनोट गर्दै हुनुहुन्थयो । उहाँ भन्नुहुन्छन्,‘ आमालाई जन्मदिनमा हरियो पोते उपहार लैदिउँ भनेको, कस्तो खालको पोते लैजाउ क्न्फ्युज भएँ ।’
उहाँले सँगै गएकी साथीको सल्लाह अनुसारको पोते किन्नुभयो । हरियो पोते पहिलो पटक किन्न आएको उहाँले बताउनुभयो । ‘आमालाई सौभाग्यको समान दिएर, सप्र्राइज दिने योजनामा छु’ उहाँले हाँस्दै भन्नुभयो । आले र गाहा मात्रै हैन अधिकांश युवतीहरूको हत्केलामा मेहन्दी र पाखुरामा हरियो चुरा देखिन थालेको छ । धेरैलाई सामान्य जानकारी भए पनि अहिलेका नयाँ पुस्तामा भने अर्काको देखासिकी गरेर साउनमा मेहन्दी र हरियो चुरा लगाउने मोह बढेको छ । साउनभरि हरियो, पहेंलो, रातो रंगका पहिरन, चुरापोते, मेहन्दी लगाउने युवतीहरु बढ्दै गएका छन् ।
हिन्दु धर्ममा शिवभक्ति, उपासना र त्यागको भावनाले हरियो चुरा, वस्त्र र मेहन्दी लगाउने प्रचलन भए पनि अहिले देखासिकीका रुपमा लिने गरिएको पण्डित होमनाथ न्यौपाने बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘यो आयातित संस्कृतिका रूपमा भित्रिएको हो ।’ ‘मेहन्दी लगाउने मात्र हाम्रो संस्कृति होइन, अरू पनि छन्,’ उहाँले भन्नुभयो, ‘यो लहर मौलिक होइन । एक÷डेढ दशकयता यस्तो प्रवृत्ति देखिन्छ ।’ साउन लाग्नेबित्तिकै हरियो चुरा र मेहन्दी लगाउनेको भीड पहिले कहिल्यै नदेखेको उहाँले सुनाउनुभयो । धार्मिक, प्राकृतिक तथा साउन महिनाका अन्य मौलिक पक्षलाई अहिलेका युवा पुस्ताले नबुझेको पण्डित न्यौपानेको बुझाई छ ।
स्वास्थ्यलाई कति जोखिम ?
मेहन्दी क्रेजसँगै यसले स्वास्थ्य चुनौती समेथ थपेको स्वास्थ्यकर्मीहरु बताउँछन् । जथाभावी रूपमा उत्पादन तथा आयात गरिएको मेहन्दीबाट स्वास्थ्यमा प्रतिकूल असर पर्ने छाला रोग विशेषज्ञहरु बताउँछन् । हातमा गाढा कालो बनाउन विभिन्न रसायन मिसाएका मेहन्दीले छालामा एलर्जी तथा फोका उठ्ने हुन सक्छ ।
मेहन्दी, चुरा र पोतेको कारोबार
कस्मेटिक पसल भएकाहरुका लागि यो महिना निकै राम्रो कारोबार हुने महिना पनि हो । साउन लागेसँगै सदरमुकाम तानसेन र आसपासका बजारका कस्मेटिक पसलमा समेत युवतीहरुको भरिभराउ देखिन्छ ।
पछिल्लो समय चुरा र महेन्दीलगायत शृङ्गारका सामानको बिक्री बढेको तानसेनमा कस्मेटिक्सक सञ्चालन गर्दै आएकी अलिना महमोदको भनाइ छ । अरू बेलाभन्दा अहिले यस्ता सामग्रीको कारोबार बढेको छ, उहाँले भन्नुुभयो, ‘साउनभरि यस्तै सामग्रीको मात्र माग हुन्छ ।’ यो महिना हरियो चुरा र महेन्दी नलगाउने महिला तथा युवती भेटिँदैन ।
साउनको सुरुवातसँगै महिलामा छुट्टै उत्साह र उमंग छाएको पाइन्छ । स–साना बालिका, युवती हुन् या वृद्ध महिला, यतिवेला अधिकांश महिला हरियो र पहेँलो कपडामा सजिएको देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच