काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनमा कोरोना संक्रमण देखिएको छ । लस भेगासमा युनिडोस सम्मेलनमा भाषण गर्नु अघि उहाँको कोभिडको लागि परीक्षण गरिएको थियो, जसमा उहाँ संक्रमित भेटिनुभयो ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले यसबारे जानकारी दिनुभएको हो । उहाँ अमेरिकी राष्ट्रपतिलाई कोभिड विरुद्धको खोप लगाइएको बताउनु भएको छ। बाइडेनलाई कोरोना संक्रमणको हल्का लक्षण देखिएको छ । अब उहाँलाई डेलावेयरमा आइसोलेसनमा राखिने बताइएको छ ।
राष्ट्रपतिलाई प्याक्सलोभिडको पहिलो डोज दिइएको ह्वाइटहाउसले बताएको छ । अमेरिकामा चुनावी गतिविधि चर्की रहेको बेला बाइडेन कोरोना संक्रमित भएपछि उनको चुनावी अभियान प्रभावित हुने भएको छ ।
यसअघि सन् २०२२ को जुलाईमा अमेरिकी राष्ट्रपति जो बाइडेन कोभिड–१९ पोजिटिभ भेटिएका थिए ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts