काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएकाे हो ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा बडाललाई उक्त पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
यस अघिका महान्यायाधिवक्ता दीनमणि पोखरेलले राजीनामा दिएपछि बडाल नियुक्त हुनुभएको हो । पोखरेल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारकाे पालामा महान्यायाधिवक्ता हुनुहुन्थ्यो ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता