काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने हुनु भएको छ ।
एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिन लाग्नुभएको हो ।
नेपालको संविधानको धारा ७६ (२) अनुसार नेकपा (एमाले)का अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । भोलिपल्ट सपथग्रहण गर्नुभएकाे थियो ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता ओली चौँथो पटक प्रधानमन्त्री हुनुभएको हो ।
संविधानको धारा ७६ (४) बमोजिम उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता