काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ सार्वजनिक गरेको छ । योजनाअनुसार बैंकले सात वर्षका लागि स्थिर रहने ८.९९ प्रतिशत प्रतिवर्ष घर कर्जा ल्याएको हो ।
योजनाअन्तर्गत कायम रहेको ब्याजदर सात वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ । सात वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधारदरमा १५ प्रिमियमदर थप गरी ब्याजदर कायम गरिने बैंकका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतीले जानकारी दिनुभयो ।
घर कर्जा सुविधा उपयोग गर्ने ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड, डेबिट कार्ड र पहिलो वर्षका लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता