
झापा । सहचालकले चलाएको बसको ठक्करबाट झापामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका ५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोरङको बेलाबारीबाट प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसका सहचालक पुण्य सिटौलाले चलाएको बसले हिजो साँझ झापाको कनकाई नगरपालिका २ पवित्रा पेट्रोलपम्प नजिक को।१९ प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियोे । मृतक सुब्बा सोही मोटरसाइकलमा सवार थिए । उनी घर तर्फ फर्कदै थिए।
तत्काल नाम, थर, वतन नखुलेका घाइते सुब्बालाई उपचारका लागि विएण्डसी हस्पिटल बिर्तामोड ल्याइएको थियो । उनको उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुनसरीको धरानबाट झापाको काँकडभिट्टातर्फ आउने क्रममा सो बसले बेलबारीमा अर्को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
सो बसको ठक्करले मोटरसाइकल चालक सामान्य घाइते भएपछि सो बसका चालक इलाम माई नगरपालिका ८ का २२ वर्षीय सागर थुलुङ राई घाइते पक्षसँग छलफल गर्न त्यही बसेका थिए ।
सोही स्थानबाट सहचालक सिटौलाले बस चलाएर ल्याएको प्रहरीले जनाएको छ । बेलबारीमा घाइते भएका व्यक्तिको नाम खुलाइएको छैन । सहचालक सिटौला हाल फरार छन् ।
बसका चालक राई र अर्का सहचालक विराटनगर महानगरपालिका २ का १९ वर्षीय दीपेश दर्जीलाई भने इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ। उनीहरू पनि फरार हुने तयारीमा रहेकै बेला पक्राउ परेका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच