काठमाडौं । मञ्जुश्री फाइनान्सले आफ्ना ग्राहकको सुविधाका लागि मञ्जुश्री तलब बचत खाता सञ्चालनमा ल्याएको छ । विशेषतः कर्मचारीको सुबिधाको लागि ल्याइएको यो खातामा १० लाखसम्मको दुर्घटना बिमाका साथै एक लाखसम्मको घातक रोगका लागिसमेत बिमाको सुविधा उपलब्ध हुनेछ ।
खाता सञ्चालन भएदेखि पाँच वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ तथा एटिएम सुविधासमेत रहेको तलब बचत खातामा फाइनान्सले उच्चतम ब्याजदर दिने जनाएको छ । तलब बचत खाताअन्तर्गत सुलभ ब्याजदरमा अधिकतम १५ लाखसम्मको कर्जा बिनाधितोमै ग्राहकलाई दिने सुविधा उपलब्ध गराउने जनाएको छ ।






