
झापा । झापा मेचीनगर नगरपालिकाका शिक्षा अधिकृत होमनाथ भण्डारीले आफ्नो ५६ औँ जन्मदिन भिन्न र रचनात्मक तरिकाले मनाउनु भएको छ ।
उहाँले नगरपालिकाबाट यसपटकको एसइईमा सर्बोकृष्ट नतिजा ल्याउने मेचीनगर ५ को बालकल्याण माविलाई सामुहिक अक्षयकोष वृद्धिका लागि ६ हजार ११५ रुपैयाँ हस्तान्तरण गर्नुभएको हो। सोही विद्यालयबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थी अप्सना पुरीलाई नगद पाँच हजार प्रदान गर्नुभएको छ ।
सो विद्यालयका नियमित समूहका २९ जनाले परीक्षा दिएका सबै १९ जना नै उत्तीर्ण भएका छन् । सत्तरी प्रतिशत नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहन स्वरुप सहयोग प्रदान गरेको अधिकृत भण्डारीले बताउनुभयो ।
मेचीनगरका १७ सामुदायिक विद्यालय मध्ये बालकल्याण बढी प्रतिशत नतिजा ल्याउने विद्यालय हो । आफ्नो उद्देश्य राम्रो नतिजा ल्याउने विद्यालयलाई थप प्रोत्साहित गर्नु भएको अधिकृत भण्डारीको भनाई छ ।
अनौपचारिक रूपमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राध्यापक नारायण न्यौपाने, विद्यालय व्यवस्थापन समिति सदस्य खगेन्द्र भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष सुवास लिम्बुको उपस्थिति थियो । उहाँहरुले अधिकृत भण्डारीलाई जन्मदिनको शुभकामना दिँदै खादा पहिर्याउनु भएको थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच