
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांमद धवलसमशेर जबराले नयाँ सरकारलाई गुण र दोषको आधारमा समर्थन र बिरोध गर्ने बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सांसद थापाले नयाँ सरकार गठन भएपछि देशमा केही आशा पलाएको उल्लेख गर्दै त्यसलाई निराशामा परिणत हुन नदिन पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न पनि केपी ओली नेतृत्वको वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहकारीलगायतका पीडितहरुको माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।
सांसद जबराले भन्नुभयो, ‘केपी ओली नेतृत्वको सरकारलाई बधाई छ । सुझावहरु पनि छन् । भ्रष्टाचारका कुराहरु केही आएका छन् । यी भ्रष्टाचारका मुद्दाहरु, भ्रष्टाचारका फाईलहरुलाई खोल्ने मात्र होइन, तिब्र गतिले अगाडि बढाएर दोषीमाथि कारबाही हुनुपर्छ भन्ने मान्यता हामी सबैले राखेका छौं । र यो नयाँ सरकारले यो काम गर्छ भन्ने हामीले विश्वास लिएका छौं । दुई वटा ठूला दल मिलेर सरकार बनाएका छन् । देशमा आशा जागेको छ । यो आशा निराशामा परिणत हुन्न भन्ने विश्वास पनि हामीले लिएका छौं । भ्रष्टाचार र अनियमिततालाई कन्ट्रोल हुन्छ भन्ने विश्वास जनताले लिएको छ । यो विश्वासलाई कायम राख्न लागि म अनुरोध पनि गर्न चाहन्छु । देशमा पीडितहरु सहकारी पीडित, उखु किसान पीडितको माग सम्बोधन होस । हामी सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्छौं ।’
सांसद जबराले जनताको समस्या समाधान गर्न सरकार गम्भिर बन्नुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच