काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ । आज शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराउनु भएकाे हाे ।
ओलीलाई राष्ट्रपति पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे । नेपाली कांग्रेससहितको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार ओली प्रधानमन्त्री नियुक्त हुनुभएकाे हाे ।
सरकारमा एमालेबाट विष्णु पौडेल अर्थ, पृथ्वीसुब्बा गुरुङ सूचना प्रविधि तथा संचार, विद्या भट्टराई शिक्षा, देवेन्द्र दाहाल भौतिक पूर्वाधार, दामोदर भण्डारी उद्योग वाणिज्य, बलराम अधिकारी भूमि व्यवस्था, राजकुमार गुप्ता संघीय मामिला र रक्षा मन्त्रीमा मानवीर राईले शपथ लिँदैहुनुहुन्छ ।
कांग्रेसबाट नेतृत्व गरेर प्रकाशमान सिंह शहरी विकास, रमेश लेखक गृह र परराष्ट्रमा आरजु राणा देउवा मन्त्री बन्नुभएकाे छ ।
समारोहमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू, नेपालस्थित कूटनीतिक नियोगमा प्रतिनिधिहरु सहभागी छन् ।
एमाले संसदीय दलका नेता ओली आइतवार प्रधानमन्त्री नियुक्त भएका थिए । शपथलगत्तै ओलीले सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्ने तयारी छ ।







Breaking news with related posts