
✍️ डा.सुमनकुमार रेग्मी
नेपालमा आगामी २० वर्षमा देशभरि ४ हजार किलोमिटर रेल लाइन बनाउने लक्ष्यले रेल्वे विभागको गठन गरिसकिएको छ । यस विभागलाई भौतिक योजना मन्त्रालयअन्तर्गत राखिएको छ । देशभरि रेलको निर्माणको कार्य तीव्र गतिमा गर्न विभिन्न रेल आयोजनाको निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । यस विभागले रेलमार्ग, मेट्रो रेल, रोपमार्ग र केबल कारको निर्माण र व्यवस्थापनको कार्य हेर्दछ । देशभरि चार हजार किलोमिटर रेलमार्ग निर्माणमा पूर्व-पच्छिम रेलमार्ग, काठमाडौं–पोखरा रेलमार्ग, काठमाडौं-तिब्बत रेलमार्ग र भारतसँगको सीमासँग जोडिएका नेपालका शहरहरुसँग जोडिने रेलमार्गहरु पर्दछन् । त्यसको साथै राजधानीमा १५० किलोमिटर मेट्रोलाइन निर्माणको लक्ष्य राखिएको छ ।
हालको रोपवेलाई १५०० किलोमिटरसम्म बढाउने लक्ष्य राखिएको छ तर काठमाडौंमा ७५ किलोमिटर मेट्रो रेलको अध्ययन गरिसकिएको छ । यसको शीघ्र कार्यान्वयनमा आउन नितान्त आवश्यक भइसकेको छ । स्मरण गराइन्छ कि भारतको दिल्ली मेट्रो जापान सरकारले बुट प्रणालीमा दुई वर्षभित्र पूरा गरिएको थियो । काकरभिटा-टनकपरसम्मको प्रस्तावीत पूर्व-पश्छिम विद्युतीय रेललाई सन् २००६ मा दक्षिण कोरियाको बुसानमा भएको बैठकले ट्रान्स एशियन रेल्वे नेटवर्क अन्तर्गतको एक भाग पारिएको यहाँ स्मरण गराउँदछु ।
काठमाडौं उपत्यकाका सडकहरु चौडा पार्ने कार्य कतै सकिसके भने कतै बन्दैछन् । काठमाडौंको चक्रपथको कलंकी-कोटेस्वर खण्ड चार लेनबाट आठ लेन गर्ने कार्य चाँडै नै सकिने जस्तो छ । यसै चक्रपथको अरू भाग र अरू सडकहरु चौडा भएपछि राजधानी उपत्यकावासीहरुले सहज शहरी यातायातको अनुभूति गर्नेछन् । त्यसको साथै राजधानीमा शहरी वातावरण राम्रो बन्दै जानेछ । सरकारले यस्ता कार्य रणनीतिक स्तरमा कायम राख्ने हो भने चाँडै नै सम्पन्न हुनेछ । काठमाडौं उपत्यका शहर सभ्यताको प्रतीक भनी चिनाउन यहाँका सडकहरु चौडा र शहरी मेट्रोकोे व्यवस्था नितान्त आवश्यक छ ।
राजधानीलाई सभ्य शहर भनी चिनाउन शहरी यातायात पूर्वाधारको दीर्घकालीन दृष्टि र अभियानको रूपमा कार्ययोजनासहितको कार्यान्वन आवश्यक छ । वर्तमान सडक चौडाको कार्य केही वर्षको लागि मात्र पूरा हुनेछ । देशमा अरू पूर्व-पश्चिम र उत्तर-दक्षिण राजमार्गहरु बनेपछि राजधानीका हालका चांैडा गरिएका सडकहरु साँगुरा हुनेछन् ।
राजधानीलाई सभ्य शहर भनी चिनाउन शहरी यातायात पूर्वाधारको दीर्घकालीन दृष्टि र अभियानको रूपमा कार्ययोजनासहितको कार्यान्वन आवश्यक छ । वर्तमान सडक चौडाको कार्य केही वर्षका लागि मात्र पूरा हुनेछ । देशमा अरू पूर्व-पश्चिम र उत्तर-दक्षिण राजमार्गहरु बनेपछि राजधानीका हालका चांैडा गरिएका सडकहरु साँगुरा हुनेछन् । त्यसर्थ त्यस्तो अवस्थालाई सुस्तरी समाधान गर्न राजधानीमा मेट्रो रेल बनाउन ढिलाइ गर्न नहुने बुद्धिमानी हुनेछ । दीर्घकालीन रूपमा अव्यवस्थित शहर व्यवस्थित पार्न काठमाडौं उपत्यकाका चारैतिर मेट्रो सञ्चालको निर्माण गर्न अबेर भइसकेको छ । आफू बाहिर जाँदा विदेशका शहरमा त्यहाँका मेट्रोले शहरी सुन्दरता बढाएको महसुस हन्थ्यो ।
भियतनाममा पनि चाँडै नै मेट्रो चल्दैछ । मलाई लाग्दछ कि शहर उच्च छ भने चिनाउन त्यहाँ शहरी मेट्रो रेल सञ्जाल हुन आवश्यक छ । यस्ता साहसी पूर्वाधारका आयोजनाहरुका कार्यान्वयन राजधानीको दीर्घकालीन सामाजिक-आर्थिक कल्याण र असरका लागि र दिगो वृद्धिका लागि नितान्त आवश्यक छ । शहरको मुख्य केन्द्रलाई केन्द्रबिन्दु बनाएर राजधानी उपत्यकाका पूर्व-पश्चिम-उतर-दक्षिण चारैतिर शहरी मेट्रोको व्यवस्था आवश्यक छ । यसो गर्दा बस्ती उपत्यकाभरि यत्रतत्र छरिएर रहन्छ । मेट्रो सञ्जाल छरिएर राख्नुका कारण राजधानी संबद्ध केन्द्रीय क्रियाकलाप क्षेत्र एवं मुख्य मौका प्राप्ति क्षेत्रलाई आबद्ध गर्नु नै हो ।
यस्तो मेट्रो सञ्जाल राजधानीमा भूइँमुनि सुरुङ मेट्रो सञ्जाल बनाएरमात्र सम्भव छ । तर भूमिमुनिको मेट्रो जालोलाई भूमिमाथिको जालो बनाउन दोब्बरभन्दा बढी खर्च लाग्ने गर्दछ । विदेशका शहरहरुमा यस्तै गरिएको हुन्छ । यसका लागि क्रस सिटी रेलवे आयोजनाको जरुरत पर्दछ । काठमाडौंको रत्नपार्क वा भृकुटीमण्डपलाई केन्द्रबिन्दु बनाएर काठमाडौं उपत्यकाको पश्चिममा सतुंगल, पूर्व-उत्तरमा गोकर्ण, पूर्व-दक्षिणमा ठिमी-भक्तपुर, दक्षिणमा ठेचो र उत्तरमा चुनिखेल-बुढानीलकण्ठसम्म जोडिने गरी मेट्रो सञ्जाल निर्माण गर्न सकिन्छ ।
यस्तै मेट्रो सञ्चालका अध्ययनहरु भइसकेका छन् । ती अध्ययन प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउन आवश्यक छ । काठमाडांै उपत्यकाको जनसंख्या बढेर गइरहेको अवस्थामा मेट्रो सञ्जालले उपत्यकाको कुनाकाप्चासम्मलाई विचार गरी मेट्रो सञ्जालले बृहत् काठमाडौं उपत्यकालाई छुने गरी मेट्रो रेल बनाइनुपर्दछ । मेट्रो रेल यातायातको जालोमात्र नभएर यो त काठमाडौं उपत्यका शहरको पुनःनिर्माण गर्ने कार्य हो ।
चक्रपथभित्र भृकुटीमण्डप, कलंकी, कोटेश्वर, बौद्ध, सातदोबाटो, बाँसबारी जस्ता ठाउँमा अन्तर परिवर्तन भूमिगत रूपको मेट्रोलाइनका स्टेसनहरु बनाउन उपयुक्त हुन्छ । सतुंगल, ठेचो, गोकर्ण, चुनिखेल जस्ता बिन्दुमा जमिनमाथि नै हुनेगरी मेट्रो लाइनको निर्माण गर्न सकिन्छ । हालसम्म भएका भन्दा पनि फरक हुनेगरी अझ विस्तृत मेट्रो सञ्जालको अध्ययनको जरुरी छ भने भइसकेका मेट्रो सञ्जालका अध्ययनका प्रतिवेदनहरु कार्यान्वयन शीघ्र आउन आवश्यक छ । मेट्रो सञ्जाल राजधानीमा बनाइएमा उपत्यकावासीहरुलाई हालको ट्याक्सी र अन्य सवारीका साधनको भाडाभन्दा निकै कम भाडादरमा शहरी यातायात सेवा प्रदान गर्न सकिन्छ । मेट्रो रेल व्यवस्थाले काठमाडौंको ट्राफिक सहज हुनेछ ।
समुद्रका लागि पानीजहाज र जमिनका लागि रेलवेलाइन यातायातको सबैभन्दा सस्तो माध्यम मानिन्छ तर कडा चट्टानले निर्मित पहाडी भूवनोट, नदीनाला, गल्छी, एवं खहरेहरुले रेल-मेट्रोलाइन निमार्णमा बढी लागत लाग्ने भए पनि काठमाडौं उपत्यकामा यसको निर्माण सम्भव देखिएको छ ।
काठमाडौंमा मेट्रो रेल व्यवस्थाका लागि अध्ययन गरिए अनुसार पाँचवटा मेट्रो लाइन ७५ किलोमिटरको प्रस्ताव गरिएको छ । पहिलो-रातो मेट्रो लाइनमा चक्रपथ-परिक्रमा हुनेगरी, दोस्रो-नीलो लाइनमा कलंकीबाट कालिमाटी-जमल-डिल्लीबजार-भीमसेनगोला छुनेगरी कोटेस्वरसम्म, तेस्रो-हरियो लाइनमा तीनकुनेबाट नयाँबानेश्वर-सिंहदरबार-जमल-ठमेल छुनेगरी गोंगबुसम्म, चौथो-पहेंलो लाइनमा सातदोबाटोबाट अग्निशाला-हरिहरभवन-शहीदगेट-जमल-नारायणहिटी म्युजियम-लाजिम्पाट-महाराजगञ्ज छुनेगरी नारायणगोपाल चोकसम्म र पाँचौं-कालो लाइनमा बल्खुबाट शहीदगेट-जमल-सानोगौचरन छुनेगरी चाबहिलसम्म प्रस्ताव गरिएको छ ।
भारतको दिल्लीमा पनि पहिलो-रातो लाइनले शहादरा–रिठाला, दोस्रो–पहेंलो लाइनले विश्वविद्यालय-केन्द्रीय सचिवालय र तेस्रो-नीलो लाइनले इन्द्रप्रस्थ-द्वारिका जोडी जम्मा ६५ किलोमिटरको मेट्रो रेलसुविधा दिइएको छ । यसले दिल्लीको शोभा बढाएको छ । दिल्लीको जस्तै मेट्रो सुविधा काठमाडौंका मुख्य केन्द्रहरुलाई जोडेर मेट्रो लाइन निर्माण गर्न उपयुक्त हुन्छ । दिल्ली मेट्रो चालीस वर्षको अध्ययनपश्चात सन् १९९८ मा यसको निर्माण सुरु गरी चार वर्षपछि अर्थात् सन् २००२ देखि दिल्ली मेट्रोको सुविधा दिल्लीवासीहरुले पाइआएका छन् । सन् २००६ सम्म त सबै चारवटा दिल्ली मेट्रो चालु भइसकेका थिए ।
यस मेट्रोले दैनिक २० लाखभन्दा बढी मानिसले यसको सुविधा उपभोग गरिआएको अनुमान गरिएको छ । समुद्रका लागि पानीजहाज र जमिनका लागि रेलवेलाइन यातायातको सबैभन्दा सस्तो माध्यम मानिन्छ तर कडा चट्टानले निर्मित पहाडी भूवनोट, नदीनाला, गल्छी, एवं खहरेहरुले रेल-मेट्रोलाइन निमार्णमा बढी लागत लाग्ने भए पनि काठमाडौं उपत्यकामा यसको निर्माण सम्भव देखिएको छ । काठमाडौंमा मेट्रो निर्माणपछि राजमार्गमा पूर्व-पश्चिम र उत्तर-दक्षिण रेलमार्ग बन्दै गएमा देशको सभ्यतामाथि देखिनेछ ।
रक्सौल-रसुवागढी रेलमार्गले पूर्णता पाएपछि चीन र भारतको रेलवे सञ्जालसँग नेपाल जोडिई ट्रान्जिट बिन्दुका रूपमा लाभ लिन सकिनेछ । यो मार्ग हाम्रा दुई विशाल छिमेकी शक्तिदेश चीन र भारतको रेल सञ्जालसँग गाँसिन पुग्दछ । यसबाट नेपालीले धान्न गाह्रो हुनेगरी नेपालमा पर्यटकहरुको ओइरो लाग्नेछ । त्यसर्थ नेपालको समृद्धिका लागि नेपालमा रेल सञ्जाल आवश्यक छ । काठमाडौंमा बन्ने मेट्रोरेलले कार्यालयमा काम गर्ने कर्मचारी र सार्वजनीक सेवा प्राप्त गर्नेहरुलाई हदैसम्मको यातायातको सुविधा प्रदान गर्नेछ । यसले शहरी जीवन सरल बन्नेछ । मेट्रोले राजधानीबासीहरुलाई जीवन सुखी र खुसी बनाउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच