
काठमाडौं । चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेटमा १३ खर्ब ९७ अर्ब रुपैयाँमात्र खर्च भएको छ । जुन विनियोजित बजेटको तुलनामा ७९.८१ प्रतिशतमात्रै खर्च हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु वर्षका लागि सरकारले तीन खर्ब दुर्ई अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकोमा एक खर्ब ८३ अर्ब रुपैयाँमात्रै खर्च भएको छ ।
चालु वर्षका लागि सरकारले तीन खर्ब दुर्ई अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकोमा एक खर्ब ८३ अर्ब रुपैयाँमात्रै खर्च भएको छ ।
११ खर्ब ४१ अर्ब चालु खर्च विनियोजन गरिएकोमा अन्तिम दिनअघि नौ खर्ब ४९ अर्ब रुपैयाँ खर्च भएको छ । वित्तीय व्यवस्थापनमा तीन खर्ब सात अर्ब विनियोजन भएकोमा दुर्ई खर्ब ६३ अर्ब रुपैयाँ खर्च भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको व्यवस्थाअनुसार असार मसान्तका दिन भुक्तानी गर्न रोक लगाइएको छ । नियमावली नै अधिकांश भुक्तानी आर्थिक वर्ष सकिनुभन्दा एक हप्ताअघि नै फरफारक गर्ने व्यवस्था गरेको छ । अनिवार्य दायित्व र अन्तिम समयमा रकमान्तर तथा स्रोतान्तर गरिएको असार मसान्तभन्दा अघिल्लो दिनसम्म फरफारक गर्नुपर्ने व्यवस्था छ ।
विनियोजन ऐनमा फ्रिज नहुने भनी तोकेको शीर्षकको रकमबाहेक भुक्तानी दिनुपर्ने अन्य रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअघि भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ । विनियोजन ऐनले फ्रिज नहुने भने कुनै शीर्षक तोकेको छैन ।
महालेखा नियन्त्रकको कार्यालयले अधिकांश भुक्तानी असार २५ गते नै गर्ने भएको जनाएको छ । तर, पछि रकमान्तर गरेको र अनिवार्य दायित्व भएका खर्च भने आर्थिक वर्ष सकिनु अघिल्लो दिन भुक्तानी दिन सकिने व्यवस्था गरिएको छ । अघिल्लो वर्ष अन्तिम साता पनि ५५ अर्ब रुपैयाँको भुक्तानी गरिएकोमा यस वर्ष यस्तो भुक्तानी दायित्व न्यून रहेको महालेखाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच