यस्तो छ- आजको तरकारी तथा फलफूलको मूल्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरूको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० र भारतीयको पनि ८० नै रुपैयाँ कायम रहेको छ ।

यस्तै गोलभेँडा सानो (लोकल) को प्रतिकिलो ६० तथा टनेलको गोलभेँडाको प्रतिकिलो ८० रुपैयाँ कायम छ ।

यसैगरी आलु रातोको ५८, मकै बोडीको ११०, घिरौँलाको ७०, स्कुसको ५०, अनारको ३५०, अम्बाको १५०, हरियो लसुनको २५० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

ADVERTISEMENT

यसैगरी काउली स्थानीय न्यूनतम ८०, अधिकतम १०० रुपैयाँ र भन्टा लाम्चो न्यूनतम ६० अधिकतम ७० र भन्टा डल्लो न्यूनतम ७०, अधिकतम ८० रुपैयाँ प्रति केजी कायम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

यस्तै बन्दा (लोकल) प्रति केजी न्यूनतम ५० रहेको छ भने अधिकतम ६० रुपैयाँमा कारोबार भैरहेको समितिले जनाएको छ । यसैगरी, केरा दर्जन न्यूनतम १५० अधिकतम १६०, स्याउ (फूजी) प्रति केजी न्यूनतम ३२० अधिकतम ३५० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *