काठमाडाैं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएपछि अमेरिकामा यस प्रकारको हिंसाको लागि कुनै ठाउँ नरहेको बताउनुभएको छ । बाइडेनले संक्षिप्त टिप्पणीमा यस्तो कार्य घृणित काम भएको बताउनु भयो । यस्ता गतिविधिले देशलाई एकजुट बनाउनबाट रोक्ने बताउनु भयो ।
ट्रम्पलाई पेन्सिलभेनियाको बटलरमा भएको र्यालीमा कानमा गोली लागेको बताइएको छ । भिडियो फुटेजमा ट्रम्पले भाषण गरिरहँदा र्यालीमा पपिङको आवाज आएको सुनिएको थियो । भीडमा चिच्याएको सुन्न सकिन्थ्यो ।
ट्रम्पलाई गुप्त सेवा एजेन्टहरूले तुरुन्तै स्टेजबाट बाहिर निकालेका थिए । एकजना र्याली सहभागी र संदिग्ध बन्दुकधारीको मृत्यु भएको घटनालाई हत्याको प्रयासको रूपमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता