काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै प्रधानमन्त्री निवास बालुवाटार छाड्नुभएको छ ।
उहाँ प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिकहाँ भेटपछि बालुवाटार छाडेर आफ्नो निजी निवास ललितपुरस्थित खुमलटारमा सर्नुभएको हो ।
संसदमा विश्वासको मत गुमाउनु भएको प्रचण्ड संसद भवनबाट सिधै राष्ट्रपति भेट्न शीतल निवास पुग्नुभएको थियो ।
आज संसदमा विश्वासका मत लिनुभएको प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्यो भने उहाँको विपक्षमा १९४ मत पर्यो ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा