
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भए लगत्तै राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।
संसद बैठक सकिएलगत्तै प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न राष्ट्रपति निवास पुग्नुभएको हो ।
त्यहाँ माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक परिस्थितिबारे राष्ट्रपति पौडेललाई रिपोर्टिङ गर्ने बताउनु भयो । संविधानको धारा ७६(३) बमोजिम सरकार गठनको आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरिने उहाँको भनाइ छ।
'प्रधानमन्त्रीजी राष्ट्रपतिकहाँ जानुभएको छ। उहाँले राजनीतिक परिस्थितिबारे रिपोर्टिङ गर्नुहुन्छ। संवैधानिक व्यवस्था जे छ, त्यहीअनुसार सरकार गठन आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गर्नुहुन्छ। हामीलाई आशा छ, राष्ट्रपतिले संविधान मिच्नुहुन्न,' उहाँले भन्नुभयो ।
अहिले छलफल जारी रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच