काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति सुन्दा प्रतिपक्ष कमजोर नहुने देखिसकेको कटाक्ष गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रचण्डले विश्वासको मत माग्ने प्रस्ताव पेश गरेपछिको छलफलमा लेखकले प्रचण्ड प्रतिपक्षमा बस्न सुहाउने व्यक्ति भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संसदीय व्यवस्थामा दुई ठूला राजनीतिक दलहरु मिले भने प्रतिपक्ष कमजोर होला भन्ने चिन्ता भइरहेको देखिन्छ, तर आज प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रुपमा यो रोष्ट्रममा उभिँदा मैले प्रमुख प्रतिपक्ष दलको नेताको रुपमा देखिसकेकाले अब सदनमा प्रतिपक्ष कमजोर हुन्न भन्ने लाग्छ । बरु एउटा गल्ती भएछ कि ? यस्तो जबरजस्त प्रतिपक्ष दलको नेता हुनसक्ने सम्भावना भएको व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर हामीले हिजोअस्ति कमजोरी गर्यौं कि ! ’
कांग्रेस नेता लेखकले राजनीतिक स्थायित्वका लागि कांग्रेस एमाले मिलेको बताउनु भयो । उहाँले संघीयता, गणतन्त्र, समावेशीता कमजोर नगर्ने भन्दै गलत भाष्य नबनाउन आग्रह समेत गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts