सिमलताल पहिरो : ६० बढी बेपत्ता, बेपत्ताको खोजि जारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा शुक्रवार बिहान पहिरोले बगाएको यात्रुवाहक बसमा पर्साका १७ जना नेपाली र ७ जना भारतीय नागरिक रहेको पाइएको छ ।

शुक्रवार बिहान साढे तीन बजेतिर पहिरोमा परेर बगेको यात्रुवाहक बसमा पर्साको १७ जना नेपाली र ७ भारतीय रहेको एञ्जल डिलक्स वीरगञ्ज काउन्टरका बुकिंग ईन्चार्ज प्रेम साह कानूले बताउनु भयो । वीरगञ्जबाट काठमाडौ जाने क्रममा बस पहिरोमा परेर बगेको हो । पर्साको रंगपुरबाट खुल्ने एञ्जल डिलक्स प्रा.लि.को बस नं. प्र०३००६ ख १५१६ मा पर्सा र भारतका गरी कुल २४ जना यात्रु सवार थिए । यात्रुहरु पर्साको रंगपुरबाट ९ जना वीरगञ्ज बसपार्कबाट भारतीय र नेपाली गरी १२ जना, १ जना सवारी चालक २ जना सहचालक रहेको एञ्जल डिलक्स वीरगञ्ज काउन्टरको बुकिंग इन्चार्ज प्रेम साह कानूले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ हिजो हामीले गाडि बुकिंग गरी वीरगञ्जबाट राति ८ बजे काठमाडौंको लागि पठायौं आज बिहान ४ बजे गाडि दुर्घटनामा परेको जानकारी भयो । हामीले चालकलगायत गाडीमा सवार सबैलाई फोन गर्दैछाैँ कतिको फोनको घण्टी बज्दैछ तर उठिरहेको छैन, हामी पनि यस घटनाले दुःखी छाैँ।’

ADVERTISEMENT

बसमा चालक र केही यात्रु स्थानीय समेत रहेको बताउनु भयो । चालक वीरगञ्ज नगवा निवासी हुन् भने अन्यको बारेमा जानकारी लिने कार्य हुँदै गरेको कानूले बताउनु भयो ।

यता, काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स पनि पहिरोमा बगेको छ । दुवै बसमा गरी ६० जना बढी यात्रुहरु सवार रहेको प्रहरीले बताएको छ । घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *