ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ असार २८ गते शुक्रबार, ई.स. २०२४ जुलाई १२, तिथि– आषाढ शुक्लपक्ष षष्ठी, ११ः३३ बजेपछि सप्तमी, नक्षत्र– उत्तरफाल्गुनी, १५ः१० बजेपछि हस्त, परिघ– योग, तैतिल– करण, चन्द्रराशि– कन्या, सूर्योदय– ५ः१८, सूर्यास्त– १९ः०० ।
मेष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।
वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।
मिथुन : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।
कर्कट : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।
सिंह : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।
कन्या : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पु¥याउनेछन् ।
तुला : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।
वृश्चिक : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।
धनु : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ ।
मकर : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।
कुम्भ : स्वास्थ्यमा समस्या आउन सक्छ ।
मीन : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ ।






