विश्व जनसंख्या दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

मन्जिता मैनाली मकवानपुर, संवाददाता

हेटौंडा । विश्व जनसंख्या दिवसको अवसरमा हेटौंडामा स्वास्थ्यकर्मीहरुबीच अन्तरक्रिया कार्यक्रम भएको छ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको आयोजनामा प्रदेशको १३ वटै जिल्लाका स्वास्थ्यकर्मीहरुबीच प्रदेशको जनसंख्या बारे अन्तरक्रिया कार्यक्रम भएको हो।

ADVERTISEMENT

कार्यक्रममा प्रदेश स्वास्थ्य अधिकृत हरि प्रसाद भुसालले बागमती प्रदेशको जनसंख्या सम्बन्धि आफ्नो प्रस्तुत गर्नुभएको थियो। प्रदेश जनसंख्या नीति मस्यौदा बारे प्रस्तुत गर्दै भुसालले प्रदेश जनसंख्या नीति २०८१ को खाका समेत प्रस्तुत गर्नुभएको थियो।

स्वास्थ्य निर्देशनालय शाखा प्रमुख एवं जनस्वास्थ्य प्रशाशक सन्जु रायको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालय हेटौंडा नर्सिङ प्रशासक सजता राय,प्रदेश स्वास्थ्य अधिकृत हरि प्रसाद भुसाल,स्वास्थ्य निर्देशनालयका प्रविण अन्सारीलगायत प्रदेशको १३ वटै जिल्लाको स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज