काठमाडाैं । सीता दाहालको पहिलो स्मृति सभा सम्पन्न भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्मृति सभा सम्पन्न भएको हो । पहिलो वार्षिकीमा स्व. दाहाललाई श्रद्धाञ्जली अर्पण गर्न पार्टीका नेता, कार्यकर्ताहरुले बाक्लो उपस्थिति रहेको थियो । स्मृति सभामा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं उपप्रधान एवं परराष्ट्रमन्त्री नारायाण्काजी श्रेष्ठ, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुन, पूर्वसभामुख अग्निप्रसाद सापकोटा लगायतका व्यक्तित्वहरु पनि स्.व दाहाललाई श्रद्धासुमन अर्पण गर्न बालुवाटार पुगेका थिए ।
स्मृति सभामा पुगेकाहरुले स्व. दाहालको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छासहित श्रद्धा अर्पण गरेका छन् । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ का कारण दाहालको गत वर्षको असार २७ गते निधन भएको थियो ।
पार्टी कामको सिलसिलामा पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी सीता जनयुद्ध शुरु भएपछि दाहालसँगै २०५२ सालदेखि भूमिगत भएकी थिइन् । पार्टीभित्रका संकट र विवाद समाधानमा उनले समन्वयकारी भूमिका निर्वाह समेत गरेकी थिइन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts