काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी, मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनु हुने कार्यसूची रहेको छ ।
त्यस्तै अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै “आर्थिक विधेयक, २०८१ पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण विधेयक, २०७७ मा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गर्न र सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts