काठमाडौं । विश्वस्तरीय लुब्रिकेन्ट ब्राण्ड भिडोलले नेपालमै उत्पादन सुरु गरेको छ । भिडोललाई नेपालमा युनाइटेड लुब्रिकेन्ट प्रालिले उत्पादन गर्न सुरु गरेको हो । भिडोल इन्टरनेसनल युकेसँग ट्रेडमार्क लिई उत्पादन नेपालमै सुरु गरिएको कम्पनीका बिजनेस हेड दिनेश खनालले बताउनुभएको छ ।
अटोमोटिभ र इन्डष्ट्रियल प्रयोजनमा प्रयोग हुने सबै रेन्जका भिडोल लुब्रिकेन्ट उत्पादन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । खनालले भन्नुभयो, ‘हामीले भिडोल इन्टरनेसनलसँग टेक्नोलोजी ट्रान्सफर गरी यसको ट्रेडमार्क प्रयोग गरेर लुब्रिकेन्ट उत्पादन थालेका हौँ ।
अन्तर्राष्ट्रिय रूपमा उपलब्ध हुने एपिआईलगायतका विभिन्न गुणस्तर प्रमाण चिहृन पाए बराबरको गुणस्तर यसमा हुनेछ । लुब्रिकेन्ट उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय प्रयोग गरेका छौँ ।’ धनुषाको ढल्केवरमा ब्लेन्डिङ प्लान्ट स्थापना गरेको युनाइटेड लुब्रिकेन्टले यसअघि स्वदेशी ब्राण्ड नेपाल गोल्डलाई बजारमा ल्याइसकेको छ । ओमोबाइल पार्ट्सको व्यवसाय गर्दै आएको सत्यदीप ग्रुपको अगुवाइमा युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजको स्थापना भएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता