चितवन । चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९२ करोड ९७ लाख ७६ हजारको संशोधित बजेट पारित गरेकाे छ ।
नगरपालिकाले सामाजिक विकास सुशासनसँगै पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षालाई जोड दिँदै आर्थिक वर्ष २०८१/८२ का लागि ९२ करोड ९७ लाख ७६ हजारको संशोधित बजेट पारित गरिएको हो । दोश्रो कार्यकालको लागि पाँचौं नगर सभामा उपप्रमुख विमला तमाङले प्रस्तुत गर्नुभएको बजेट दोस्रो नगरसभाले पारित गरेको हो ।
संघीय सरकारको तर्फ समानिकरण अनुदान १३ करोड ९२ लाख सशर्त अनुदान २७ करोड ४८ लाख, विशेष अनुदान १ रकोड ८५ लाख, समपुरक अनुदान १ करोड ९० लाख र राजश्व बाँडफाँड १२ करोड ३४ लाख, वागमती प्रदेश सरकार तर्फ मानिकरण अनुदान १ करोड ४० लाख ३७ हजार, शसर्त अनुदान तर्फ २ करोड ४३ लाख १३ हजार , विशेष अनुदान ६५ लाख, समपुरक अनुदान ३ करोड विनियोजन गरिएको छ ।
त्यसैगरी राजश्व बाँडफाड ६ करोड १७ लाख ७१ हजार, आन्तरिक आयतर्फ ६ करोड, जनसहभागिताबाट १ करोड, सडकबोर्डबाट ६५ लाख, जि.स.सबाट ३५ लाख, मालपोत रजिष्ट्रेशन र नदिजन्यबाट ६ करोड र गतवर्षको जिम्मेवारी सर्ने ७ करोड ९१ लाख ५३ हजारसमेत समावेश गरी जम्मा ९२ करोड ९७ लाख ७४ हजारको संशोधनसहितको अनुमानित आय विवरण समावेश गरी उपप्रमुख तामाङले नगरसभामा पेश गर्नुभएको थियो ।
यस्तै नगरसभाले नगरपालिकामा कामगर्ने करार र ज्यालादारीका कर्मचारीहरुको करार अवधिलाई नविकरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । सुशासन तथा क्षमता विकास समितिका संयोजक दीपकबहादुर भट्टराईले करार र ज्यालादारीमा कामगर्ने कर्मचारीहरुको सेवालाई नविकरण गर्ने प्रस्ताव पेश गर्नु भएको थियो । नगर प्रहरीको रासनभत्तादेखि कालिका नगरपालिका मातहतका वडा कार्यालय, स्वास्थ्य चौकीलगायतका क्षेत्रमा कार्यरत कर्मचारीहरुको सेवा करार अवधि नविकरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरिएको हो ।
नगर प्रमुख विनोद रेग्मीले आर्थिक वर्ष २०८१/०८२ मा पूर्वाधार निर्माणदेखि सबैखाले योजनाहरु समयमै सुरुगर्ने परिपाटीको विकासगर्न सबैलाई निर्देशन दिनुभयो । बेलैमा योजना बनाएपनि ढिलागरी कामसुरु गर्ने परिपाटीले समयमा नै निर्माण सम्पन्न गर्न कठिन भएको बताउनुभयो । 'बजेट पास भएको छ । बेलैमा बजेट अनुसारको योजना निर्माणको काम सुरु गर्ने प्रण गरौं उहाँले भन्नुभयो,’ भएको बजेट पूर्ण रुपमा कार्यान्वयन गर्ने गरी काम गरौं ।’
सभामा प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतम, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts