
एजेन्सी । यमनको हुथी समूहले मंगलवार अरब सागर र अडेनको खाडीमा संयुक्त राज्य अमेरिका र इजरायलको स्वामित्वमा रहेका तीनवटा जहाजमा आक्रमण गरेको जनाएको छ ।
हुथी प्रवक्ता याह्या सारियाले पहिलो अपरेसनले अरब सागरमा अमेरिकी जहाज मास्र्क सेन्टोसालाई धेरै ब्यालिस्टिक र पखेटा मिसाइलले निशाना बनाएको बताउनु भयो । आफ्नो स्वामित्वमा रहेको कम्पनीले इजरायलको बन्दरगाहमा प्रवेश गरेको हुनाले दोस्रो अपरेसनले अरब सागरमा मार्थोपोलिस नामक जहाजलाई ड्रोनद्वारा लक्षित गरेको बताउनु भयो ।
गाजा स्ट्रिपमा प्यालेस्टिनी जनतामाथि इजरायली आक्रमण र घेराबन्दी नरोक्दासम्म कारबाही नरोकिने बताउनु भयो । गत वर्ष इजरायल–प्यालेस्टाइन द्वन्द्व शुरु भएदेखि यमनबाट ट्रान्जिट गर्ने जहाजहरू विरुद्ध हुथी आक्रमणहरूको यो पछिल्लो श्रृंखला हो ।
उत्तरी यमनको धेरैजसो भागलाई नियन्त्रण गर्ने हुथी समूहले गत वर्ष नोभेम्बरमा गाजा पट्टीमा प्यालेस्टाइनीहरूसँग ऐक्यबद्धता देखाउन लाल सागर पार गर्ने इजरायली–सम्बन्धित जहाजहरूलाई लक्षित गरी एन्टी–शिप ब्यालिस्टिक मिसाइलहरू र ड्रोनहरू प्रहार गर्दै आएका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच