
काठमाडौं । सुजल फुड्स प्रालिले नयाँ उत्पादन ‘डिलाइट डेरी हृवाइटनर’ पाउडर दूध ल्याएको छ । देशका विभिन्न ठाउँबाट संकलित दूधलाई नवीनतम् तथा उच्च प्रविधि तथा मेसिनरीको सहायताबाट गुणस्तर मापन गरी डिलाइट डेरी हृवाइटनर तयार पारिएकाले शतप्रतिशत अन्तर्राष्ट्रियस्तरको स्वदेशी उत्पादन भएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार अन्य पाउडर दूधको तुलनामा बाक्लो रहेको छ भने अत्याधुनिक ‘अल्ट्रा ड्राइङ स्प्रे प्रविधि’ ले समान मिश्रण कायम गरी मनतातो पानीमा तुरुन्तै घुल्ने गरी तयार पारिएको छ ।
आधुनिक मेटालिक प्याकेजिङका कारण पाउडर दूध १२ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । गाई र भैंसीको दूधको प्राकृतिक तत्व र पोषिलो स्वादले भरिपूर्ण पाउडर दूध चिया, कफीका साथै अन्य दूधका परिकारलाई अझै स्वादिष्ट बनाउन प्रयोग गर्न मिल्ने बताइएको छ । डिलाइट डेरी हृवाइटनर दुर्ई एसकेयु चार सय ग्रामको चार सय ७० र आठ सय ग्रामको नौ सय रुपैयाँ मूल्य रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच