काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झासहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा झासँगै गाउँपालिकाका तत्कालीन लेखापाल सुरेशकुमार कुसियैतविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
आर्थिक वर्ष २०७४/०७५ मा गाउँपालिकास्थित स्वास्थ्य चौकीहरूको लागि औषधि खरिद गर्न विनियोजित रकम हिनामिना गरेको दाबी आयोगको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्ति अनुसार उनीहरुले ५७ प्रकारका औषधिजन्य सामग्री खरिदमा ६ लाख २० हजार ९६ रुपैयाँ नियमविपरीत भुक्तानी गरेको पाइएको उल्लेख छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता