काठमाडौं । बुढानीलकण्ड नगरपालिका-१० मा रहेका रिलायन्स एजुकेशन नेटक वर्कका रिलायन्स इन्टरनेशल स्कुल मिलनचोक र रिया पब्लिक स्कुल भृकुटीचोकबाट २०८० को एसइई परीक्षामा ६ जना जिपिए ४ सहित सबै १५४ विद्यार्थीहरू उत्कृष्ट अंक प्राप्त गरी उत्तीर्ण भएका छन् । यसैगरी बु.न.पा.१० पञ्चकुमारी टोल (मिलनचोक नजिक) मा रहेको जोसेफ माध्यमिक विद्यालयले ६ जना विद्यार्थीहरू ४ जिपिएकासाथ जम्मा १२४ जना नै उत्कृष्ट अंकमा उत्तीर्ण भएको जनाएको छ ।
रिलायन्स नेट वर्कका इन्टरनेसल, पब्लिक, कोएड र विद्यासदनका विद्यार्थीहरू सतप्रतिशत उत्तीर्ण भएका छन् । सफल विद्यार्थीलाई बधाई तथा सम्मान गर्दै दुवै विद्यालयले फरक–फरक स्थानमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार हिमालय टाइम्सका प्रधान सम्पादक प्रा.पुरुषोत्तम दाहालले शिक्षालाई सीप, सूचना र ज्ञानको त्रिवेणीका रूपमा विकास गर्नुपर्ने र शिक्षाको लक्ष्य मानवता, विवेक, नैतिकता र भविष्यप्रतिको चिन्तन भएको पुस्ता निर्माण गर्नुपर्ने विचार प्रकट गर्नुभएको थियो ।
दीप प्रज्वलन गरी आरम्भ दुवै कार्यक्रमको सभापतित्व गर्दै रिया एजुकेशन नेट वर्कका अध्यक्ष तथा रिलायन्स इन्टरनेसल कलेजका प्रिन्सिपल रवीन्द्रजंग थापाले विगत २५ वर्षको रिया यात्रा, विद्यालयको अवस्था तथा रिलायन्स कलेजको स्तरीय पठनपाठनले कर्मशील, अनुशासित र फरक-फरक विधामा समर्थ विद्यार्थीहरू तयार पारेको विचार प्रकट गर्नुभएको थियो । रिलायन्स कलेज देशभरमा टप पाँचौंमा रहेको जानकारीसमेत उहाँले दिनुभएको थियो ।
दामोदर निरौलाद्वारा प्रस्तुत ध्यान शिक्षाबाट सुरु भएको कार्यक्रममा बिओडी राजुकुमार शिवाकोटी, प्रिन्सिपल द्वय खेमलाल भुसाल र वसन्तलाल लामिछाने, शिक्षकहरू श्रीधर पौडेल र दिलीप नेपाल, अभिभावकहरू सुरज कोइराला, भगवती कार्की, हरिविक्रम कार्की, विद्यार्थीहरू शिवांगी तिमल्सिना, काजोल पण्डित, रेविका श्रेष्ठले शिक्षा र विद्यालयको अनुभवबारे आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।
सफल विद्यार्थीहरूलाई सम्मान प्रदान गरिएको थियो भने विद्यार्थीहरूबाट गीतसंगीत नृत्य जस्तो मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । यसैगरी जोसेफ माध्यमिक विद्यालयले संघीय सांसद तथा राज्यव्यस्था अनुशासन समितिका सभापति रामहरि खतिवडाको प्रमुख आतिथ्यतामा सफल विद्यार्थीहरूको बधाई तथा सम्मान कार्यक्रम आयोजन गरेको थियो । सांसद अतिवडाले दीप प्रज्पलन गरी कार्यक्रमको उद्घाटन मन्तव्यमा भन्नुभयो, ‘शिक्षा विना देशको भविष्य समृद्ध नहुने र शिक्षाले निरन्तर असल नागरिक पैदा गर्नुपर्नेछ । असल शिक्षा नै असल नागरिकको परिचय हुनेछ ।’
कार्यक्रममा विशेष अतिथिका रूपमा वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहालले विद्यार्थीहरूलाई प्रमाणपत्र मात्रै हुने शिक्षामात्रै दिएर नपुग्ने हुनाले शिक्षासँग मानवता जोडिनु पर्ने विचार प्रकट गर्नुभएको थियो । जोसेफका संस्थापक प्रिन्सिपल तथा अध्यक्ष सूर्यबहादुर अधिकारीले करिब दुई दशकको जोसेफका उपलब्धिहरू जोसेफ एजुकेशन नेट वर्कको स्थापनाबारे जानकारी दिनुहुँदै अहिले आफ्नै कलेजसमेत स्थापना भएको बताउनुभएको थियो ।
कार्यक्रममा बु.न.पा.१२ का अध्यक्ष शम्भु भट्टराई, पशसुपति विकास कोषका कार्यकारी निर्देशक सुवास जोशी, बु.न.पा.शिक्षा विभाग प्रमुख ललितविक्रम सिंह, शिक्षक गोपी र विद्यार्थीहरू मोनिका मेहता र स्वाइस लुइँटेलसहित उत्कृष्ट अंक पाउने छात्रछात्राहरूले विद्यालयका अनुभव र शिक्षाका सन्दर्भमा आफ्नो मन्तव्य प्रकट गर्नुभएको थियो । सफल विद्यार्थीलाई सम्मान गरिएसँगै विद्यार्थीहरूद्वारा विभिन्न मनोरञ्जनपूर्ण कार्यक्रमसमेत प्रस्तुुत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच