चितवनमा बाढी : १७१ जनाकाे उद्दार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

चितवन । भरतपुर महागनरपालिकामा नारायणी नदीमा आएको बाढीको जोखिममा परेका १७१ जनाकाे उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भरतपुर-१६ गुम्बाचोकबाट पुरुष २६ र महिला ३३ गरी जम्मा ५९ जनालाई सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयाे ।

भरतपुर-३ स्थितमा रहेको हाम्रो घर नामक संस्थामा रहेका २४ जना बालबालिका र दुई जना महिला कामदार गरी जम्मा २६ जनालाई नजिकै रहेको एग्रोभेटको भवनमा सारिएको छ भने भरतपुर-१७ गोब्रेनीस्थितमा १७ घरधुरीका ५४ जना मानिसहरुलाई आफन्तहरुको घरमा सुरक्षित साथ सारिएको छ ।

ADVERTISEMENT

भरतपुर-३ बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने ४ जनालाई (३ पुरुष, १ महिला)लाई आफन्तको घर र भरतपुर-१ देवघाटस्थित नारायणी नदीको किनारमा रहेको कुटी र स्थानीय बासिन्दा गरी जम्मा २८ जना (२५ पुरुष, ३ महिला)लाई नजिकैको मारवाडी समाजको भवनमा सुरक्षित साथ सारिएको उहाँले बताउनुभयाे ।

त्यसैगरी, लगातारको वर्षाका कारण नारायणीमा आएको बाढीले भरतपुर-३ को न्युरोड र नगरवन जोड्ने झोलुंगे पुल बगाएको छ । शनिवार राति साढे ११ बजेको समयमा बाढीले झोलुंगे पुलको दुवै तर्फको पिल्लर भत्काइ पूर्ण रुपमा क्षति भएको प्रजिअ यादवले जानकारी दिनुभयाे ।

नारायणी नदीमा बाढीको सतह अझै पनि सतर्कता तह माथि रहेको छ । नारायणी पुल जलमापन केन्द्रमा बाढीको सतह ११.७४ मिटर र देवघाटमा बाढीको सतह ८.८५ मिटर रहेको छ । देशका विभिन्न जिल्लामा आज पनि भारी वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज