लोकमार्ग र कोरिडोर अवरुद्ध हुँदा यात्रुलाई सास्ती

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 2 mins

बागलुङ । अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । बागलुङको गलकोट नगरपालिका-११ रिघा फेदिमा पहिरा खस्दा लोकमार्ग अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा पश्चिम बागलुङदेखि जिल्ला सदरमुकामसहित पोखरा काठमाडौंसहित देशका विभिन्न स्थानका लागि छुटेका यातायातका साधन ठप्प भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । तीन दिनदेखि निरन्तर परेको वर्षाले लोकमार्गको धेरै ठाउँमा क्षति पुर्‍याएको उहाँको भनाइ छ ।

सडक खुलाउने प्रयास भइरहेको भन्दै अझै केही समय लाग्ने प्रहरी नायव उपरीक्षक यादव बताउनुहुन्छ । लोकमार्गसँग ग्रामीण सडकसमेत ठप्प भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङ नगरपालिका-१० दब्ल्याङ स्थित कालिगण्डकी करीडोरसमेत अवरुद्ध भएको छ ।

ADVERTISEMENT

त्यस्तै जैमिनी नगरपालिका-१ जिम्रिघाट स्थित पहिराको कारण कालिगण्डकी करिडोर पूर्ण रुपमा अवरोध रहेको भन्दै सोही पालिकाको वडा नम्बर ८ रादीखोलामा पनि ठूलो पहिरा जाँदा करिडोर पूर्ण रुपमा ठप्प भएको हो ।

यादवका अनुसार कोरिडोरको आधा दर्जनभन्दा बढी स्थानमा पहिरा खस्दा खुलाउन समय लाग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज