काठमाडौं । डेरी उद्योग संघको १५औँ वार्षिक साधारणसभाले राजकुमार दाहाललाई फेरि पनि अध्यक्ष चयन गरेको छ । उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा क्रमशः सुजल डेरी प्रालि पोखराका निरञ्जन श्रेष्ठ, काठमाडौंको आधुनिक डेरी प्रालिका विश्वराज बस्नेत र पञ्चशील डेरी प्रालिका पुष्पराज बस्नेत रहेका छन् ।
सदस्यमा सैजु डेरीका जेनन सैजु, सप्तरीको मिलन डेरी एण्ड फुडका मिलनकुमार सिंह, चितवन मिल्कका राजुबाबु श्रेष्ठ, झापाको एनएमसी डेरीका रामचन्द्र उप्रेती, भक्तपुरको कन्ट्री फुडका सन्तोषलाल श्रेष्ठ र काभ्रेका जय श्रीकृष्ण डेरीका सुरज सापकोटा रहेका संघले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा