काठमाडौं । सिद्धार्थ बैंक र हेयर एण्ड शान्ति ब्युटी पार्लरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले हेयर एण्ड शान्ति ब्युटी पार्लरअन्तर्गत देशभर रहेका १३ हेयर एण्ड शान्ति ब्युटी पार्लरका शाखामा बैंक कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सम्झौताले ग्राहकलाई छुट सुविधाका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल भुक्तानी प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न हालैमात्र ‘सिद्धार्थ रिवार्ड्स’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts