सत्ताको सुख र आनन्दलाई जीवन्त बनाउने आधार सत्तारोहण पनि हो । यही पहिचानमा रमेको छ संसारको राजनीतिक अवस्था । यसैमा रमेको छ नेपालको राजनीति र त्यसले बाहिर ल्याउने आनन्द तथा दुःखको अवस्था पनि । यही हो राजनीतिको सबैभन्दा ठूलो पहिचान र त्यसले व्यक्त गर्ने परिवेश । प्राचीन कालमा राजतन्त्र थियो । राजाको वंशजका आधारमा सत्तासीन हुने परिपाटी थियो । यही परिपाटीको अवस्थामा रहेको समाज क्रमशः विकसित हुँदै गयो । संसारको शासकीय व्यवस्थामा परिवर्तन आयो । शासकीय स्वरूप पनि फेरियो । संसारका हरेक मूलुक भिन्न व्यवस्थाका आधारमा गतिशील बने । संसारको शासकीय पद्धतिले विभिन्न व्यवस्थालाई आत्मसात गर्यो सत्तारोहण ।
नेपाल पनि शासकीय पद्यतिका आधारमा विभिन्न परिवर्तनको अवस्थालाई बाहिर ल्याउने देशका रूपमा चिनियो । बाइसी चौबिसे राज्यमा टुक्रिएको मुलुकलाई एक सूत्रमा बाँधेर नेपाललाई अविछिन्न राजतन्त्रको व्यवस्थापकीय पक्षमा शासकीय स्वरूपलाई आत्मसात गरेको मुलुक हो । यो मुलुकको शासकीय स्वरूपमा परिवर्तन धेरै भयो । नेपालको राजनीतिमा २०४६ सालपछि संवैधानिक राजतन्त्रको व्यवस्थापकीय शासकीय पद्धतिलाई स्वीकार गरिएको थियो । त्यो व्यवस्थाको पहिचानले नेपाल एउटा संवैधानिक राजतन्त्र भएको प्रजातान्त्रिक व्यवस्थामा रहेको देशका रूपमा विश्वको राजनीतिमा चिनिएको मुलुक थियो ।
प्रचण्डका अभिव्यक्तिमा सत्तारोहणलाई र आफ्नो सत्तालाई कसरी टिकाउने भन्ने उद्देश्यमात्र रहको पाइयो । उनीबाट एमाले तथा काङ्ग्रेसले पटकपटक धोका पाए । त्यस धोकालाई उनले सत्तारोहणसित जोडेर हेरे । सत्ताका माध्यमबाट जहिले पनि शासनमा रहन सकिन्छ भन्ने प्रवृत्तिलाई उनले आत्मसात गरे ।
यो क्रमशः नेपालको शासकीय स्वरूपमा राजा वीरेन्द्रको शासनसम्म रहेको देखियो । नेपालको शासकीय परिवर्तनमा विसं २०५२ साल फागुन १ गतेका दिन नयाँ व्यवस्थाको सुरुवात गरेर तत्कालीन विद्रोहीपक्षका नेता प्रचण्डले सशस्त्र युद्धको सूत्रपात गरे । सो जनयुद्धले नेपालको राजनीतिमा सत्र हजार नेपालीको बलिदानपूर्ण इतिहासलाई आफूभित्र समेटेको छ भन्छन् उनी । उक्त सशस्त्र युद्धको विसर्जन तत्कालीन राजा ज्ञानेन्द्र शासनको अन्त्य र गणतन्त्रका स्थापनासहित भएको पाइन्छ । गणतन्त्रको स्थापनासहित बनेको संविधानको व्यवस्था अनुसार नै आजका सत्तासीन व्यक्ति प्रचण्ड आज देशका प्रधानमन्त्री हुन् । दोस्रो आमनिर्वाचनपछि उनी सत्तारोहणमा रहिरहे आजसम्म ।
सत्तारोहण
विसं २०७९ सालमा भएको निर्वाचनबाट सत्तारोहण गरेका हालका प्रधानमन्त्री नै सत्तासीन रहे । पहिला एमालेसित गठबन्धन गरेका प्रधानमन्त्री पुनःकाङ्ग्रेससित गठबन्धनबाट नै प्रधानमन्त्रीका रूपमा नेपालको शासनमा देखिए । उनले प्रधानमन्त्रीको पदत्याग गर्नुपरेन तर विश्वासको मत पटकपटक लिनुपरेको अवस्था भने सदा रहिरहृयो । केही समयपश्चात उनलाई काङ्ग्रेससितको सहयात्रा पनि पचेन । उनी सत्तामा बसिरहनका लागि पुनःएमालेसितको सहयात्रामा गतिशील बने र आजको मितिसम्म सत्तामा रहेका छन् । सत्तामा निरन्तर रहिरहने उनको मनोकाङ्क्षालाई नेपालका दुई ठूला दलले सदा सहयोग गरिनै रहे । वर्तमान प्रधानमन्त्रीका अभिव्यक्ति कहिल्यै पनि देशको उन्नति र प्रगतिका लागि समर्पित बनेनन् । उनका अभिव्यक्तिमात्र सत्ताको निकट र सत्तालाई कसरी टिकाउने भन्नेतर्फ केन्द्रित रहेको पाइयो ।
यस समयमा उनका अभिव्यक्तिमा सत्तारोहणलाई र आफ्नो सत्तालाई कसरी टिकाउने भन्ने उद्देश्य मात्र रहको पाइयो । उनीबाट एमाले तथा काङ्ग्रेसले पटकपटक धोका पाए । त्यस धोकालाई हालका प्रधानमन्त्रीले सत्तारोहणसित जोडेर हेरे । राजनीति सत्ताको खेल हो । सत्ताका माध्यमबाट जहिले पनि शासनमा रहन सकिन्छ भन्ने प्रवृत्तिलाई उनले आत्मसात गरे । उनलाई पहिलो र दोस्रो दलले सत्ताका लागि सदा सहयोग गरे । उनी जहिले पनि सत्तामा रहिरहे ।
२०८१ साल असार १५ गते दहीचिउरा खाने दिन नेपाली काङ्ग्रेसका सभापति नेकपा एमालेका अध्यक्ष ओलीसित भेटघाटका लागि बालकोट पुगे । बाल्कोटमा लामो बसाइ भयो । उनी आफ्नी श्रीमती आरजूलाई भ्रष्टाचारबाट बचाउनका लागि गए भन्ने तर्क पनि बाहिर आए । तर, एक्कासि नेपाली काङ्ग्रेस र एमालेबीचमा सत्ताको साझेदारी र संविधानमा देखिएका अस्थिर व्यवस्थालाई समाप्त पार्ने उद्देश्यका साथ गठबन्धन भएको समाचार बाहिर आए । ती समाचारले नेपालको राजनीति एकपटक तरङ्गित भयो । त्यो तरङ्ले नेपालको राजनीतिमा नयाँ मोड देखियो । यस अवस्थाको कल्पना नेपालको राजनीतिमा कसैले पनि गरेका थिएनन् भन्ने तथ्यलाई नकार्न सकिँदैन । नेपाली राजनीतिमा यस्तोसम्म पनि हुन सक्ला भन्ने कल्पना सायद प्रधानमन्त्री र वर्तमान सत्तासीन दलहरूको थिएन ।
यो कल्पनामात्र होइन सत्य नै बनाए देउवा र ओलीले । यो समझदारीपछि दुबै पार्टीका बैठकहरू निरन्तर बसिरहे । विभिन्न निर्णयहरू गरिरहे । नेपाली काङ्ग्रेस प्रतिपक्षमा थियो । त्यो पार्टीको सरकारमात्र गण्डकी प्रदेशका देखियो त्यो पनि अदालती प्रक्रियाका माध्यमबाट । एमालेका मन्त्रीले राजीनामा दिए । प्रचण्डको सरकार अल्पमतमा प¥यो । उनले अहिलेसम्म राजीनामा दिएनन् । उनी त संसदमै प्रस्तुत हुने तर्कमा उत्रिए । दुई ठूला दल बाहिर भएपछि कसै गर्दा पनि बहुमत नपुग्ने निश्चित देखियो तर पनि उनी सत्तामा बसिरहन चाहे । सायद उनलाई सहयोग होला वा केही गर्न सकिएला जस्तो लागेर पो हो कि ?
राजनीति देशका लागि र जनताका लागि हुनु अनिवार्य मानिन्छ । यी दुई दलको राजनीतिले मुलुकलाई निकास दिने कुरामा नेपाली जनता विश्वासमा उभिएका छन् । नेपालको संविधानमा देखिएका केही प्रावधान हटाउनु अनिवार्य मानिन्छ । समानुपातिक मतदान प्रक्रियालाई हटाउनु अनिवार्य मानिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रधानमन्त्रीलाई अन्तिम समयसम्म साथ दिने तयारीमा देखियो र अब बन्ने गठबन्धनमा सामेल नहुने निर्णय पनिउक्त पार्टीको केन्द्रीय समितिले गरेको देखियो । प्रधानमन्त्रीज्यू ! सत्तामा आरोहण हुन सजिलो भए पनि सत्ताच्युत हुन सारै सकस महसुस हुने गरेको पाइन्छ । अबको सत्तारोहणमा नेकपा एमालेका खड्गप्रसाद ओली र शेरबहादुर देउवाको पालैपालो हुने सङ्केत देखियो । यो नेपालको राजनीतिमा स्थिरता कायम गर्ने शक्ति हुन् जस्तो लागेको देखिन्छ तर राजनीति हो यस्तै भन्न सकिने अवस्था भने रहेन ।
सत्ताच्यूत
सत्तामा पाँच वर्षसम्म रहने उद्घोष गरेको केही दिनमा नै सत्ताच्युत हुनुपर्ला भन्ने कल्पना पुष्पकमल दाहालको थिएन । उनी सत्तामा बनिरहन चाहने व्यक्ति थिए । उनको अभिलाषालाई दुई ठूला दलले पूर्ण गरिदिए केही समयका लागि । उनका अभिव्यक्ति र उनले गरेका भाषणले नै उनलाई सत्ताबाट गलहत्याएको निश्चित हो । नेपालको राजनीतिमा दुई ठूला दल मिलेर सत्ता चलाउने र देशको अस्थिर राजनीतिलाई समाप्त पार्ने उनीहरूको अभिव्यक्तिमा सत्यता छ भने नेपाली जनताले सुख नपाए पनि अस्थिर राजनीतिको भङ्गालो चौरासीको निर्वाचनसम्म नफाटोस् भन्ने चाहना पनि हो । यही अपेक्षा र देशको अस्थिरतामा स्थिरता उनीहरूको उद्देश्य हो भने ती दुई दल नेपाली राजनीतिमा भलो र देशको हित चिताउने दलका रूपमा आउने प्रायः देखियो । राजनीति हो केही भन्न सकिने अवस्था भने छैन ।
नेपाली काङ्ग्रेस र नेकपा एमाले मिलेर सत्ताको बागडोरलाई अर्काे निर्वाचनसम्म गतिशील बनाएर लगे भनेमात्र नेपाली जनताले यी दललाई जीवन्त बनाउन लागिरहने तथ्यलाई नकार्न सकिँदैन । नेपाली राजनीतिमा सत्तामा जानु र सत्ताबाट च्युत हुनुलाई सामान्य रूपमा मानिएको छ । नेपाली जनताले आजसम्म पनि सामान्यतया राजनीतिमा स्थिरता खोजेका छन् । यो देशलाई स्थिरता दिन यी दुई दल सक्रिय रहनुपर्दछ भन्ने तथ्यलाई आजको राजनीतिले स्वीकार गरेको देखिन्छ ।
राजनीति देशका लागि र जनताका लागि हुनु अनिवार्य मानिन्छ । यी दुई दलको राजनीतिले मुलुकलाई निकास दिने कुरामा नेपाली जनता विश्वासमा उभिएका छन् । नेपालको संविधानमा देखिएका केही प्रावधान हटाउनु अनिवार्य मानिन्छ । समानुपातिक मतदान प्रक्रियालाई हटाउनु अनिवार्य छ । यो प्रणाली रहेसम्म देशको राजनीतिमा कुनै स्थिरता नरहने तथ्य नेपालको राजनीतिमा देखिने आधार पनि हो । यही आधारलाई देखे कि यी दुई दलले ।
संविधान परिवर्तन र संशोधनका लागि दुई तिहाइ आवश्यक छ । नेपालको संविधानमा परिवर्तन सबै दल तथा शक्तिसितको सहकार्यमा गर्नु यी दुबै दलको मूलमान्यता हो । यी दुई दलको सहयोगलाई अरू दलले पनि सहयोग गर्नु अनिवार्य मानिएको पाइन्छ । नेपालको राजनीतिमा सत्तारोहण र सत्ताच्युतको अवस्था निरन्तर लागिरहने प्रक्रिया हो । अब यो प्रक्रिया रोकियोस् भन्ने तथ्यलाई नेपाली जनताले राखेका छन् । यो नेपाली राजनीतिमा देखापरेको अवस्था हो । अब आउने निर्वाचनसम्म यो सत्ताआरोहण र सत्ताच्युतको अवस्था सिर्जना नहोस् भन्ने कामनालाई आजको राजनीतिले बाहिर ल्याएको देख्न पाइयोस् । नेपालको राजनीतिमा देखिएको यो राजनीतिले आउँदो तीन वर्षसम्म स्थिरता पाओस् भन्ने चाहना नेपाली जनताले राखेका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts