काठमाडौं । नेपालस्थित टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टियागो इभी मनसुन एक्सचेन्ज मेला आयोजना गरेको छ । मनसुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीसँग नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिनेछ ।
ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुचि तथा चाहना मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथलीलगायत देशैभरि रहेका शोरुममा असार २३ गतेसम्म एक्सचेञ्ज मेला सञ्चालन हुने कम्पनीले जनाएको छ । मेलामा सहभागी भएर ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क दुुई आर्थिक वर्षको सवारी कर, एक्सेसरिज र तीन वर्षको निःशुल्क सर्भिसिङ सुविधाको फाइदा लिन सक्नेछन् । साथै टेस्ट ड्राइभ र बुकिङमा स्योर सट गिफ्टसमेत प्राप्त गर्न सकिने बताइएको छ ।
टियागो इभी मनसुन एक्सचेन्ज मेला बिहान ९ बजेदेखि राती ९ बजेसम्म टाटा मोटर्सका नेपालभरका शोरुममा सञ्चालन हुने पनि कम्पनीले जनाएको छ ।






