
काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमी ‘मिस्टर नेपाल’को मुख्य प्रायोजक बनेको छ । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले नेक्स्ट मोडल्स नेपालले २०१६ देखि नियमित रूपमा मिस्टर नेपालको आयोजना गर्दै आएको छ ।
प्रायोजनबारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो, ‘मिस्टर नेपालसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । रियलमीका ग्राहक नै रियलमीको असली पहिचान हुन् र नेपाली युवासँग जोडिन मिस्टर नेपाल उपयुक्त प्लेटफर्म हो ।’ नेक्स्ट मोडल्स नेपालका प्रमुख कार्यकारी अधिकृत रवि धमलाले भन्नुभयो, ‘मिस्टर नेपाल २०२४ को टाइटल स्पोन्सरका रूपमा रियलमीसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ । यो सहकार्य हाम्रा लागि महत्वपूर्ण कोसेढुंगा हो ।
यो सहकार्यले मिस्टर नेपाललाई नयाँ उचाइमा पुर्याउनेछ ।’ देशभर छरिएर रहेका युवालाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गर्न लागिएकोे आयोजकले जनाएको छ । झापाबाट सुरु भएको ‘रियलमी मिस्टर नेपाल २०२४’ को अडिसन यसपछि विराटनगर, जनकपुर, हेटौंडा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरामा हुँदै काठमाडौंमा समापन हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच