काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका इन्जिनियर राजिव बस्नेतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
१७ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले इन्जिनियर बस्नेतसहित सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्यालविरुद्ध विशेष अदालत काठमाडौमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरुले निर्माण कार्य सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग सव-इन्जिनियरद्वय भट्टराई र अर्यालले १७ हजार रुपैयाँ घुस लिएका थिए । उनीहरू दुवै जना घुस रकमसहित पक्राउ परेको अख्तियारले जनाएको छ ।
साथे अनुसन्धानका क्रममा पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका इन्जिनियर बस्नेतले उक्त रकम लिन लगाएको पुष्टि भएपछि तिनै जनाविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts