काठमाडौं । काठमाडौंको सोह्रखुट्टे—बालाजु सडक भासिएको छ ।
बुधवार सोह्रखुट्टे—बालाजु सडक खण्डमा करिव ११ फिट गहिरो खाल्डो परेको हो । सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ ।
बुधवार बिहान काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो । अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ ।









